
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ करोड ९३ लाख कित्ता शेयर सुचिकृत भएको छ। आज विभिन्न ४ कम्पनीको २ करोड ९३ लाख ६१ हजार ५ सय ८८ दशमलव २९४२ कित्ता शेयर सुचिकृत भएको हो।
आज नेपाल इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशतले हुन आउने १ करोड ८८ लाख ८३ हजार ७ सय ५० कित्ता बोनस शेयर, गरिमा विकास बैंकको १३.५० प्रतिशतले हुन आउने ४३ लाख ७२ हजार २ सय ३० दशमलव ७३ कित्ता बोनस शेयर, नागरिक लगानी कोषको ८२.८४ प्रतिशतले हुन आउने १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर, साना किसान लघुवित्तको २५ लाख ५ सय ७३ दशमलव ५६४२ कित्ता बोनस शेयर र साना किसान लघुवित्त कै १२ हजार ४ सय ४२ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।