शेयर बजारमा झिनो करेक्सन, सेबोनले जोखिमयुक्त भनेको खानीखोलाको शेयर मूल्य सर्वाधिक बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 03:26:06 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचकमा  सामान्य करेक्सन भएको छ । आज नेप्से सूचक १.२९ अंकले घटेर २९६८.४३ को बिन्दुमा पुगेको हो । 

आज १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज विकास बैंक, फाइनान्स लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने माईक्रोफाईनान्स, बैंकिंग लगायत ७ समूहको समूहगत सुचक घटेकोे छ । आज विकास बैंक समूहको सूचक सर्वाधिक बढी २ं.४ प्रतिशत बढेको छ भने सर्वाधिक बढी माईक्रोफाईनान्स समूहको १.१९ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ७७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज खानी खोला हाइड्रोको शेयर मूल्य भन्दा धेरै ७.४२ प्रतिशतले बढेको छ भने सीईडिबि हाइड्रोको शेयर मूल्यसबै भन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भनेको खानीखोला हाइड्रोको शेयर मूल्य नै आज सबैभन्दा धेरै बढेको हो । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved