सेबोनको ५१ कम्पनीको सूचीप्रति बैंक वित्तीय संस्थाका संचालकको आपत्ति, सिकाए यस्तो पाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 07:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले निकालेको बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको सूची प्रति  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । गलत काम गरेको भए बोर्डले आन्तरिक रुपमा सचेत गराउनु वा कारवाही गर्नु पर्नेमा नाम नै सार्वजनिक गरेकोमा सिविफिनले आपत्ति जनाएको हो ।

 संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्ताहरुमा मनोबैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारवाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुने सिविफिनले उल्लेख गरेको छ । सिविफिनले भनेको छ 'व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिकरुपमा सचेत गराउनु वा कारवाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ ।'

सम्बन्धित संस्थाहरुको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरुलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्न समेत सिविफिनले सुझाव दिएको छ । 

नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुकोअभिभावकीय संस्था र सुचिकृत संस्थाहरुको नियामक निकाय भएकोले धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जाने अपेक्षा सिविफिनले लिएको छ ।

आज नै स्वतन्त्र उर्जा उत्पादहरुको संस्था (इप्पान) ले पनि बोर्डले सुची निकालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्ड आफैले शेयर निष्काशनको अनुमती दिएर सूचिकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भैरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लगानीलाई जोखिमयुक्त लगानी भनेकोमा इप्पानले दुःख व्यक्त गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved