अम्बिका पौडेल भन्छन् 'शेयरबजारमा आएको बुललाई कसैले रोक्न सक्दैन, बल्ल त आषाढ सुरु भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 08:53:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिका पौडेलले पुँजीबजारमा आउने बुललाई कसैले पनि छेक्न नसक्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भएको बताएपछि पौडेलले यस्तो सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

उनले पुँजीबजारको बुललाई कसैले रोक्न पनि नसक्ने छेक्न पनि नसक्ने बताएका हुन् । समय समयमा पूँजी बजारमा आउने उछाल अर्थात् बुल बर्सादमा नदीमा बढ्ने पानीको बहाब जस्तै रहेको बताएका छन्। नियामकको आँखाबाट देखिने यो बाढीलाई न कसैले रोक्न सक्ने, न कसैले छेक्न उनले बताएका हुन् । यो समयसंगै आफै समय हुने उनको भनाई छ । उनले बुलिस मार्केट अझै धेरै समय कायम रहने संकेत गर्दै  बल्ल आषाढ शुरू भएकोे पनि उल्लेख गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् 'समय समयमा पूँजी बजारमा आउने उछाल (बुल) बर्सादमा नदीमा बढ्ने पानीको बहाब जस्तै हो। नियामकको आँखाबाट देखिने यो बाढीलाई न कसैले रोक्न सक्छन त छेक्न नैं। यो त समय सँगै आफैं साम्य हुन्छ। "बल्ल त आषाढ शुरू भएकोे छ"'

यस अघि उनले विश्वासको बाँधले कहिले काहीँ आउने अनपेक्षित बाढीलाई छेक्नु पर्ने बताएका थिए।

धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनेपछि बुधबार बजारमा तिब्र गिरावट आएको थियो भने लगानीकर्ताको १ खर्ब ८० अर्ब रकम गुमाएका थिए । बिहिबार भने बजार सम्हालिए पनि कारोबार रकम १० अर्बमा सिमित भएको थियो । 

बोर्डको कदम प्रति विभिन्न लगानीकर्ता संघ, स्वतन्त्र उजर उत्पादकहरुको संस्था इप्पान, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) लगायतले विज्ञप्ति निकालेर आपत्ति जनाईसकेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved