शेयरको घरायसी तथा मृत्यु नामसारी सेवा सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 12:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ्गले  शेयरको घरायसी तथा मृत्यु नामसारी कार्य पुन: सुचारु गर्ने भएको छ । असार २७ गते आइतबारदेखि यो सेवा पुन: सुचारु गरिने सिडिएसले जनाएको हो  । 

कोरोना भाइरस संक्रमणको जोखिमलाई देखाउदै सिडिएसले गत बैशाख १२ गते आइतबारबाट शेयरको घरायसी तथा मृत्यु नामसारी कार्य स्थगित गरेको थियो। सरकारले बन्दाबन्दी खुकुलो पार्दै लागेकोले सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना हुने गरि  घरायसी तथा मृत्यु नामसारी कार्य पुन: सुचारु गरिन लागेको सिडीएसले जनाएको छ  ।

कोरोना संक्रमणको जोखिम कायम नै रहेको र धेरै भिडभाड हुन नदिन अत्यावश्यकले हुनेलाई मात्र यो सेवा लिन सिडीएसले आग्रह गरेको छ ।   घरायसी नामसारीको हकमा दुवै पक्ष र मृत्यु नामसारीको हकमा हकवालाहरु स्वयं उपस्थित हुनु पर्ने प्रावधान छ। 

यो पनि : एक व्यक्तिको नाममा भएको शेयर कसरी अर्को व्यक्तिको नाममा नामसारी गर्ने ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved