मैलुङ खोलाको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति अर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 08:12:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ  ।  कम्पनीले साउन १४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  यस निष्काशनमा साउन १८ गतेसम्म  र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यप्तिअल बिक्रि प्रबन्धक रहेको छ । 

हालसम्म ३५ गुणा बढीको आवेदन परेको छ  । कम्पनीको आईपिओमा आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको छ। यो माग भन्दा ३५.२८ गुणा बढी हो ।

आवेदन दिएको ४ वर्षपछि कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति दिएको हो। कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ  आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ । 

कम्पनी २०७१ देखि नै विद्युत उत्पादन थालेपनि कम्पनी बल्ल नाफामा जान लागेको छ । कम्पनीले नाफा कमाएपनि ठूलो रकम जरिवाना तिर्नु परेको कारणले कम्पनीको संचिति घाटा ठूलो छ । आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को लेखापरीक्षण गरिएको विवरण अनुसार कम्पनीको घाटा क्रमश ७ करोड १६ लाख, ६ अक्रोद ४७ लाख र १ करोड २० लाख रहेको थियो । २०७७ चैत्र मसान्तको लेखापरिक्षकबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण  अनुसार कम्पनीको नाफा ८७ लाख ९६ हजार रहेको छ । 

यो पनि : मैलुङ खोला आईपिओ रिभ्यु: जरिवानाको  कारण कमजोर वित्तीय अवस्था, तर यसै वर्ष लाभांश प्रक्षेपण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved