थप २ हाइड्रो कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 01:48:14 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

श्वेतगंगाले कार्तिक १० गते र मन्दाकिनीले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो। श्वेतगंगाले जारी पूँजी १ अर्ब ५१ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम सड्चालिस करोड उनान्असि लाख बराबरको रु. १०० अंकित दरको ४७,७९,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न अनुमति माग गरेको हो । 

कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।   

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ । यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । 

त्यस्तै मन्दाकिनीले आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख ११ हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार १११ कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के.क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि ३ वर्षदेखि विद्युत गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved