सिडिएसद्वारा ४० प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 10:42:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियारिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते बिहान ११ बजे पुतलीसडक स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को नाफा बाट ४० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन्।

यो कम्पनी नेपाल स्टक एक्सचेन्ज नेप्सेको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved