महुली लघुवित्तले साधारणसभा आह्वान, प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 10:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २४ गते सप्तरी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी २२ करोड ३९ लाख ४४ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : 


क) साधारण प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ अषाढ मसान्तसम्मको वासलात, २०७७ श्रावण १ गते देखी २०७८ अषाढ मसान्त सम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. वित्तीय संस्थाको रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने ।

ख)विशेष प्रस्ताव 

१. २०७८ अषाढ मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी रु. २२,३९,४४,०००/- को २६ प्रतिशतले हुन आउँने रकम बराबरको रु. ५,८२,२५,४४०।- (अक्षरेपी पाँच करोड बेरासी लाख पच्चीस हजार चार सय चालिस रुपैया मात्र) बोनस शेयर हाल कायम रहेको शेयरधनीलाई वितरण गर्न स्वीकृती प्रदान गर्ने तथा बोनश शेयरलाई जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने ।

२. प्रिमियममा एफ.पि.ओ. शेयर निष्काशन गर्ने सम्बन्धमा।

३. उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार को कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन परिवर्तन गर्न निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

४.संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने /गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, सम्झदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने/गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देशन गरे बमोजिमका विबरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved