कोरम नपुगेर स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारणसभा अब कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 08:34:21 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकको स्थगित भएको साधारणसभा माघ ३ गते मंगलबार हुने भएको छ  । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै अर्को साधारणसभा माघ ३ गते हुने भएको हो । कम्पनीले भर्चुअल रुपमा साधारणसभा गर्ने जनाएको छ। 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

  सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, संचालकको सेवा सुविधा वृद्धि गर्ने प्रस्ताव पेश हुने छन् ।

संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव भने सभामा पेश हुने छैन। संचालकको निर्वाचन रोक्न पाटन उच्च अदालतमा मुद्दा परेपछि अदालत अर्को आदेश नहुँदा निर्वाचन प्रक्रिया अगाडी नबढाउँन आदेश दिएको छ । अर्को आदेश नहुँदासम्म निर्वाचन चयन प्रक्रिया हुने छैन । 


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved