एभरेष्ट बैंकले पायो ४ अर्बको ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 02:34:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले समान २/२ अर्बको साधारण ऋणपत्र र उर्जा ऋणपत्र जारी गर्नको लागि साउन २ गते बोर्डबाट अनुमति पाएको हो 

बैंकले ६ वर्षे अवधिको २ अर्बले हुन आउने प्रति ऋणपत्र १००० अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । यस ऋणपत्र बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । यो ऋणपत्र २०८५ मा मेच्योर हुने छ 

त्यस्तै बैंकले बैंकले १० वर्षे अवधिको २ अर्बले हुन आउने प्रति ऋणपत्र १००० अंकित दरका २० लाख कित्ता उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । यस ऋणपत्र बैंकले ५.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । यो ऋणपत्र २०८९ मा मेच्योर हुने छ । 

दुवै ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रन्बंधक रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved