अभियान लघुवित्तको आईपिओ आज बाँडफाँड हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 08:10:21 AM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । 

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।   

हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ।  कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved