खप्तड लघुवित्तको आईपिओ बाँडफाँड मिति र समय तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 03:36:32 PM मा प्रकाशित

laxmi  sunrise bank

खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो।

 कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।  

 कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो।   खप्तडको अधिकृत पूँजी र१० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । 

सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved