सगरमाथा हाइड्रो र माईखोला हाइड्रोले मागे आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 03:44:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुअमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सगरमाथाले भदौ ९ गते बोर्डमा आवेदन दिएको हो भने माईखोलाले भने भदौ २२ गते आवेदन दिएको हो ।

सगरमाथाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । त्यस्तै माईखोलाले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

दुवै कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।  

सगरमाथाले इलामको माईखोलामा ९.६ मेगावाटको सुपर माई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै माईखोला हाइड्रोले इलाम कै माईखोलामा ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved