नेप्सेले घोषणा गर्यो १०० प्रतिशत लाभांश , १ अर्ब रुपैयाँ बाड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 08:49:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेप्सेले नेप्सेको चुक्ता पुँजी रु. एक अर्बको १०० प्रतिशतका दरले हुन आउने रकम रु. १,००,००,००,००० /- (एक अर्ब रुपियाँ) नगद लाभांश (नियमानुसार लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

नेप्सेले पुस २९ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । केहि दिन अघि अर्थ मन्त्रालयले आफ्नो लगानी रहेको संस्थालाई बोलाएर जति सक्दो धेरै नगद लाभांश दिन निर्देशन दिएको समाचार बिजपाटीले प्रकाशन गरेको थियो । सोहि अनुसार नेप्सेले पनि नाफाको २० प्रतिशत मात्र रिजर्भमा राखेर बाँकि सबै रकम लाभांशको रुपमा बाड्न लागेको हो ।

नेप्सेमा हाल नेपाल सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत,  लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, र विभिन्न शेयर ब्रोकरहरुको ०.६२ प्रतिशत शेयर लगानी रहेको छ राष्ट्र बैंकको नाममा रहेको ४.६ प्रतिशत शेयर भने बिर्की गर्ने तयारी रहेको छ । 

यस्ता छन् नेप्सेको साधारणसभामा पेश हुने प्रस्ताव :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले ४१ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा/ नोक्सान तथा अन्य आयको विवरण, इक्वीटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने ।

३. आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने ।

४. नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

५. सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप नेप्सेको चुक्ता पुँजी रु. एक अर्बको १०० प्रतिशतका दरले हुन आउने रकम रु. १,००,००,००,००० /- (एक अर्ब रुपियाँ) नगद लाभांश (नियमानुसार लाग्ने करसहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved