आरएसडिसी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 08:41:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले  पुस २९ गते रुपनेदेहीको एशियन होटेलमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ 

कम्पनीले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  

कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

 सामान्य प्रस्ताव

१. नवाँ वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने ।

३. आर्थिक वर्ष २०७९/८० का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने ।

४. सञ्चालक समितिबाट प्रस्ताव गरिएको नगद लाभांश, चुक्ता पूँजीको ३ (तीन) प्रतिशतले हुने रकम रु. २ करोड ४१ लाख ५४ हजार ६ सय ७२ रुपैयाँ बोनस शेयरको कर प्रयोजनार्थ समेत गरी) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

५. संस्थापक शेयरधनी समुह "क" वाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

 विशेष प्रस्ताव

१. सञ्चालक समितिबाट प्रस्ताव गरिएको चुक्ता पूँजीको ८ प्रतिशतले हुने रकम रु. ६ करोड ४४ लाख १२ हजार ४ सय ५९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

२. वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी रु ८० करोड ५१ लाख ५५ हजार ७ सय ४५ बाट वृद्धि गरी जारी तथा चुक्ता पूँजी रु. ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैंया पुयाउने ।

३. वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को पंजी सम्बन्धी व्यवस्थामा आवश्यक संशोधन / परिमार्जन गर्ने ।

४. प्रस्तावित संशोधनमा नियामक निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved