मन्जुश्री फाइनान्सको साधारणसभा आह्वान, मर्जरमा जान इच्छुक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 10:40:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले  पुस २९ गते थापागाउँमा ब्याक्वेटमा सभा आह्वान गरेको हो । 

कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन  सक्ने छन् । फाइनान्सले लाभांश प्रस्ताव गरेको छैन  । सभामा मर्जरमा जाने निर्णय गर्ने अख्तियारी संचालकसमितिलाई दिने प्रस्ताव पनि पेश हुने छ । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव :
१. आर्थिक वर्ष २०७८ / ०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।


३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरिक्षण समितीको सिफारिसमा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ( वहालवाला लेखापरिक्षक श्री पि. एल. आर. जि. एशोसिएट्स चार्टड एकाउण्टेन्टस् पुनः नियुक्त हुन योग्य हुनु हुन्छ) ।

४. संस्थापक समूहका शेयरधनिहरुको तर्फबाट निर्वाचित सञ्चालकहरु मध्येका एक जना सञ्चालकज्यूले दिनु भएको राजिनामा स्वीकृत भए पश्चात् निजको बाँकी अवधिको कार्यकालका लागि नियुक्त हुनु भएका सञ्चालकज्यूको नियुक्तिका सम्बन्धमा सञ्चालक समितिबाट भएको निर्णयलाई अनुमोदन गर्ने ।


विशेष प्रस्तावहरु :

१. यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (MERGER) गर्ने वा प्राप्ती (Acquisition) गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयूक्त देखिएमा यस वित्तिय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन (Due Diligence Audit) गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्न, गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved