स्थानीयले मकर जितुमाया सुरीको आईपिओ भर्ने म्याद थपियो, श्रमिकहरुलाई आज अन्तिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 09:49:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ भर्ने म्याद थप गरेको छ । श्रम स्वीकृति लिई विदेशमा कार्यारत नेपाली श्रमिकको हकमा  भने आज माघ २९ गते आवेदन दिने अन्तिम दिन रहेको छ । 

कम्पनीले यी दुई समुहलाई  माघ १५ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ७ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र दोलखाको गैरिशंकर गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीयलाई ३ लाख ४ हजार कित्ता शेयर छुट्याईएको छ । त्यस्तै प्रभावित क्षेत्र गौरीशंकर गाउपालिकाको वडा नम्बर १,२,३,४,७,८ र ९ का स्थानीयलाई ३ लाख ४२ हजार कित्ता शेयर छुट्याईएको छ । र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिकाको सम्पूर्ण वडाका स्थानीयलाई १ लाख १४ हजार कित्ता शेयर छुट्याईएको छ ।  आवेदन दिने म्याद थपिएसँगै अब स्थानीयले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन्  ।

 त्यस्तै कम्पनीले १ लाख ५२ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरेको हो । उनीहरुले आज माघ २९ गतेसम्म मात्र आवेदन दिन सक्ने छन् ।  

 स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकले भने न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीको  दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना छ । ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु गरिसकेको छ । ७ मेगावाटको माथिल्लो सुरिखोला आयोजनाको ब्यापर्तिक उत्पादन सुरु गर्नु पर्ने मिति २०७९ चैत्र ३० गते रहेको छ । 

यस आयोजनामा डोल्मा ईम्प्याक्ट फण्ड १ को २६ लाख ५ हजार ९ सय कित्ता शेयर लगानी रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved