२ हजार ३३ जनाले पाए आत्मनिर्भर लघुवित्तको आइपिओ, ८ जनालाई ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 09:46:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले फागुन ८ गते शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार १० देखि १ हजार कित्ता सम्म आवेदन दिने २ हजार ३३ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ । त्यस्तै २० देखि १ हजार कित्ताको लागि आवेदन दिने मध्ये बाट ८ जनालाई थप १ कितात शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीले माघ १६ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आइपिओ बिकी खुला गरेको थियो । कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो । 

 कम्पनीले आम सर्बसाधारणलाई फागुन ११ गतेदेखि आईपिओ निष्काशन गर्ने छ।    यस निष्काशनमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

 नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो  ।. कम्पनीको केन्द्रिय कार्यालय दाङको घोराहीमा रहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved