त्रुटिपूर्ण प्रतिवेदन सच्याएपछि सिटी होटेलले बल्ल पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 08:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रुटिपूर्ण प्रतिवेदन सच्याएपछि सिटी होटेल लिमिटेडले अन्तंत: साधारण सेयर निष्काशनको अनुमति पाएको छ। पुरानो प्रतिवेदनमा पेश गरेको त्रुटी सच्याएपछि बल्ल सिटि होटलले आइपीओ निष्काशनको अनुमति पाएको हो। 

सिटि होटलले भुक्तानी अवधि अर्थात लगानी उठ्ने अवधिको हिसाब गर्ने क्रममा पूंजीको भारित औसत लागत त्रुटीपूर्ण पेश भएको भन्दै नेपाल धितोपत्र बोर्डले सच्याएर ल्याउनलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई पत्र काटेको थियो। 

पछि ग्लोबल आइएमई क्यापिटलले उक्त तथ्य सच्याएर पेश गरेको करिब दुई महिनाको अवधिपछी नेपाल धितोपत्र बोर्डले सिटि होटललाई आइपीओ निष्काशनको अनुमति दिएको हो। 

कम्पनीले सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले गतवर्षको कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ह्यात होटेल कर्पोरेशनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा  सञ्चालनमा आएको हो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved