![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयरको सार्वजनिक निष्काशनको लागि विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले हस्ताक्षर गरेका छन्।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले प्रति शेयर अंकित मूल्य रु. १०० दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।