राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्तको लाभांश पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 10:11:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्तको लाभांश घटेको छ । यस सँगै अब कम्पनीले १५ प्रतिशत मात्र  लाभांश बितरण गर्ने भएको छ । 

कम्पनीले सुरुमा आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र  ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २१.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले १५ प्रतिशत मात्र लाभांश बाड्न स्वीकृति दिएपछि कम्पनीले अब १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड २० हजार लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved