थ्री स्टार हाइड्रोको आइपिओ बाँडफाँड, २ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 10:02:06 AM मा प्रकाशित

laxmi  sunrise bank

थ्री स्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आईपिओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । 

जस अनुसार कुल ६१ हजार ३ सय १६ जनाले शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी ६१ हजार ३ सय १४ जनाले १० कित्ता शेयर पाएका छन् । 

कम्पनीले असार ५ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणलाई  ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर बिक्री खुला गरेको थियो  । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

 कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved