आइएमई लाइफको पहिलो चरणको आईपिओ बाँडफाँड, लगानीकर्तालाई १७० कित्तासम्म शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 08:05:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज मंगलबार शेयर बाँडफाँड गरेको हो । 

क्यापिटलका अनुसर आईपिओमा कुल २२ हजार ४ सय ४४ जनाको आवेदन परेको थियो । जस मध्ये २२ हजार ४ सय ३६ जना आवेदक शेयर पाउन योग्य भएका छन् । 

आईपिओमा ८० कित्तासम्मको लागि आवेदन दिने लगानीकर्ताले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ७ हजार ५ सय २३ जनाले समान ८० कित्ताको दरले शेयर पाएका छन् । त्यस्तै १ हजार ४ सय ८९ जनाले गोलाप्रथाबाट थप  १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदकले कुल १७० कित्तासम्म शेयर पाएका छन् । 

कम्पनीले असार १ देखि असार १५ सम्म  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको थियो । 

आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट न्रिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीले असार २० देखि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved