अरुण काबेली पावरको हकप्रद आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 08:25:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर लिमिटेडले आज भदौ ११  गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले  हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा  शतप्रतिशत हकप्रद निष्काशन गरेको  हो ।

कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। यस हकप्रद निष्काशनमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ  ।

कम्पनीले हकप्रद निष्काशनको लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

  नेपाल धितोपत्र बोर्डले असार १३ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।  हकप्रद शेयर  निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved