एनएमबि क्यापिटलद्वारा कसमस कलेजमा लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 08:29:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत  लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम गरेको छ। क्यापिटलले मङ्सिर १४ गते ललितपुरको महालक्ष्मीस्थान स्थित कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको बिबिए संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। 

क्यापिटलका अनुसार एनएमबि सरल बचत फण्ड – इ का स्कीम व्यवस्थापक प्रतिल कोजू र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए । सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको क्यापिटलले जनाएको छ ।

आगामी दिनहरुमा पनि देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने क्यापिटलले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved