अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 09:06:35 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज पुस १३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्दै छ। कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको हो ।

यस लिलामीको शेयरमा पुस २९ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक र सनराइज क्यापिटल सह बिक्री प्रबन्धक रहेको छ। आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  ।

यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन  । ५ लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्ने छ  ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।  

आवेदन दिनको लागि निम्न स्थान तोकिएका छन् । 

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गर्न लागेको हो । संस्थापक समुहतर्फ भने पुरै शेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आएको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved