हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, माघ १८ गते बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 11:02:10 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् सभामा पेश हुने प्रस्ताव : 

१. संचालक समितिको आ.व. २०७८/७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७८ / ७९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान ( NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने ।

२. संचालक समितिको निर्णय बमोजिम आ.व. २०७९ / ८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने ।

३. कम्पनीको संचालक समितिमा प्रतिनिधित्वको लागि संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने । स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने ।

४. संचालक समिति तथा उपसमितिको बैठक भत्ताको अनुमोदन गर्ने ।

५. नियमनकारी निकायहरुले प्रस्तावित बिषय उपर कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने ।

६. कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०७८ / ७९ मा भएको खर्चको अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved