३ दिन लगाएर खोलियो अपर तामाकोशीको शेयर लिलामको फारम, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 04:47:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलाममा ल्याएको शेयर खरिदका लागि परेका सबै आवेदन खोलिएका छन् । ३ दिन लगाएर सबै आवेदन फारम खोलिएका हुन् । 

सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबारदेखि आवेदन फारम खोल्न सुरु गरिएकोमा आज तेस्रो दिन अर्थात् आइतबार मात्र आवेदन फारम खोल्ने काम सकिएको छ । ३० हजार १ सय ५५ वटा आवेदन खोल्ने कार्य आज सम्पन्न गरेको हो ।

सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य १४६ रुपैयाँ कायम भएको छ। यद्यपि सबै चेकहरु भेरिफाई गर्ने कार्य जारी नै रहेकोले अन्तिम कट अफ मूल्य केहि तलमाथि हुन सक्ने क्यापिटलले जनाएको छ ।

कम्पनीले  पुस १३ गतेदेखि पुस २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो ।  कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको थियो । 

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गरेको हो ।  

यस अघि : अपर तामाकोशीको शेयर लिलामीको फारम बेचेरै बिक्री प्रबन्धकलाई ३० लाख आम्दानी

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved