धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी डा. अधिकारीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 01:25:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पाएका छन् । आज बसेको बोर्डको संचालक समितिको बैठकले डा. अधिकारीलाई बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको हो ।

यस अघि अर्थ मन्त्रालयले माघ ७ गते आइतबार धितोपत्र बोर्डलाई पत्र पठाएर बरिष्ठ कार्यकारी निर्देशकलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिन भनेको थियो । पत्रमा माघ ७ को मन्त्रिस्तरीय निर्णय अनुसार 'बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्न तथा बोर्ड बैठक संचालन / व्यवस्थापन गर्न बोर्डमा कार्यरत मध्ये बरिष्ठतम कार्यकारी निर्देशकलाई जिम्मेवारी तोकिएको' भन्ने व्यहोरा उल्लेख गरिएको थियो।

हाल बोर्डमा ४ जना कार्यकारी निर्देशक छन् । ति मध्ये डा. नवराज अधिकारी र विनयदेव आचार्यमा कसलाई बरिष्ठ मान्ने भन्ने अन्योल थियो । आज बसेको संचालक समितिको बैठकले डा. अधिकारीलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको हो ।

धितोपत्र बोर्डमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक रितेश शाक्यको अध्यक्षतामा बोर्डको संचालक समितिको बैठक बसेको हो। बोर्ड अध्यक्षको अनुपस्थितिमा अर्थबाट प्रतिनिधित्व गर्ने संचालकको अध्यक्षतामा बैठक बस्नु पर्ने व्यवस्था छ । 

किन थियो बरिष्ठ कार्यकारी निर्देशकबारे अन्योल ?

 स्रोतका अनुसार डा. अधिकारी भन्दा आचार्य ६ वर्ष अगाडी बोर्डमा नियुक्त भएका हुन्  । त्यस्तै डा. अधिकारी भन्दा आचार्य २ वर्ष अगाडी अधिकृत तहमा बढुवा भएका हुन्। नियुक्ति भएदेखिको हिसाबमा हेर्दा आचार्य नै बरिष्ठ भएको तर पछिल्लो वार्षिक अवधिको समयलाई हेर्दा भने डा. अधिकारी नै बरिष्ठ भएको स्रोत बताउछ । सोहि कारण कसलाई बरिष्ठ मान्ने अन्योल्हुंडा आजको बोर्ड बैठकले यस बारे निर्णय गरेको हो । 
अब डा. अधिकारीले बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्न पाउने छन् । उनले नीतिगत निर्णय भने गर्न पाउने छैनन् । 

नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु 
 

बोर्डका अध्यक्ष रहेका रमेश हमालको कार्यकाल सकिए पछि पुस २१ गतेदेखि बोर्ड नेतृत्व बिहिन छ। सरकारले नयाँ अध्यक्ष नियुक्त गर्नको लागि सिफारिस समिति गठन गरिसकेको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्। 

यस अघि : धितोपत्र बोर्डमा निमित्तबारे अझै अन्योल, बुधबार बस्ने बोर्ड बैठकले यी २ मध्ये एकलाई छान्ने

सरकारले टुङ्ग्यायो भागबण्डा, धितोपत्र बोर्ड सहित ४ संस्थाको प्रमुख पद बिक्रीमा !

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved