लघुवित्तमा लगानीकर्ताको आकर्षण, १०० अंकले बढेर ४ हजारको बिन्दूमाथि पुग्यो समुहगत सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 03:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से सूचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसाको कारोबार भएको छ । जस मध्ये सोनापुर सिमेन्टको सर्वाधिक १९ करोड ५२ लाख, तथा शिवम सिमेन्टको १७ करोड ६० लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये लघुवित्त समुह सर्वाधिक २.५१ प्रतिशत बढेको छ । लघुवित्त समुहको सूचक ९९.६९ अंकले बढेर ४०६३.९१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका मध्ये ४७ लघुवित्तको शेयर मूल्य बढेको छ ।

आज गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रो, सर्वोत्तम सिमेन्ट तथा गुराँस लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशत घटेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved