जुर्मुरायो घरजग्गा कारोबार, फेसबुकमा चलमलाए झैँ बढेकै हो त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 02:27:24 PM मा प्रकाशित

laxmi  sunrise bank

झार उम्रिएर झाडी बनेको तथा भल बाढीले खोलेर खोल्सा बनेको प्लटिङ्क जग्गा अहिले सम्म र चिटिक्क बन्न थालेको छ ।  आकर्षक देखाइएका प्लटहरु अहिले सामाजिक सञ्जाल फेसबुकमा छरपष्ट देख्न सकिन्छ । 

अहिले त एक जना प्रस्तोता नै नियुक्त गरेर घर जग्गाका कारोबारीहरुले आकर्षक प्रस्तुति दिन लगाई ग्राहक लोभ्याइरहेका देखिएको छ । बिक्री’ नाम फेसबुक ग्रुपहरुबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा जग्गा तथा प्लटहरु बिक्रीमा रहेको भन्दै प्रचार भइरहेको छ ।

यतिसम्म की, यसरी भइरहेका प्रचारमा बजारमा चलन चल्तीको भाउमा भन्दा सस्तोमा जग्गा उपलब्ध रहेको दाबी पनि गर्ने गरिएको छ ।

१९ मार्चको दिउँसो ‘घरजग्गा खरिद बिक्री नामक फेसबुक ग्रुपबाट प्रकाशित सूचनामा ललितपूरको चापागाउँ बसपार्कबाट १ किलोमिटर मात्रै टाढा १६ लाख रुपैयाँ प्रतिआनामा जग्गा उपलब्ध रहेको उल्लेख छ । 

 विहिबार (मार्च २३) मा ‘पोखरा घरजग्गा खरिद बिक्री केन्द्र नेपाल ग्रुप’ नामक फेसबुक ग्रुपले काठमाडौँको गोदावरीमा प्रतिआना ८ लाख ५० हजार रुपैयाँमा पनि केही छुटसमेत हुने गरी २६ फिटे बाटो भएको ठाउँमा १ रोपनी १३ आना जग्गा बिक्रीमा रहेको सुचना राख्यो । 

धुलिखेल र बनेपातिर पनि सस्तोमा जग्गा उपलब्ध रहेको भन्दै फेसबुकमार्फत नै ग्राहक खोज्ने काम भइरहेको पाइन्छ । यी र यस्ता फेसबुकमा चलमलाउन थालेको घरजग्गा कारोबारका गतिविधि शुरु भएको धेरै भएको छैन । जस काठमाडौँमा सरकारले जगग कित्ता काट खुलायो तब नै यो क्रम बढेको हो  ।

बैंकमा तरलताको अभाव, कित्ताकाटमा बन्देज र ब्याजदर वृद्धिलगायतका कारण सुस्ताएको घरजग्गा कारोबार अब भने चलायमान देखिन थालेको छ । विशेषगरी काठमाडौँ उपत्यकाको मुख्य बजार क्षेत्रबाट ५ देखि ७ किलोमिटर दूरीमा पर्ने भित्री ठाउँमा जग्गाको कारोबार बढ्न थालेको छ । 

उपत्यकाका कुना र भित्री वस्तीहरुमा कित्ताकाट र प्लटिङ पनि मौलाएको छ । ललितपूरको दक्षिणतर्फका खाली जमिनमा अहिले धमाधम कित्ताकाट बढेको छ । 

भक्तपुरका केही स्थानमा खाली जग्गा भएको हुनाले अहिले आवास विकासकर्ता तथा जग्गा कारोबारीको नजर पर्न थालेको छ । काठमाडौँ उपत्यकामा माघ महिनामा ६ हजार ९४७ कित्ताकाट भएकोमा फागुनमा बढेर ८ हजार ५४४ पुगेको छ । चैतमा यो संख्या अझै बढ्ने देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग बताउँछ ।

उपत्यकाभित्र कलङ्की र साँखु मालपोत कार्यालयले हेर्ने क्षेत्रमा कित्ताकाट बढेको देखिन्छ । उपत्यकामा भएको कुल कित्ताकाटमध्ये कलङ्कीबाट मात्रै १६ र साँखुबाट १५ प्रतिशत कित्ताकाट भएका छन् । कलङ्की मालपोतअन्तर्गत थानकोट, मातातिर्थ, दहचोक, किर्तिपुर र दक्षिणकालीसम्मका क्षेत्र पर्छन् ।

साँखु मालपोतअन्तर्गत गोकणेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर क्षेत्र पर्छ । लगनखेल मालपोत र भक्तपूर मालपोतअन्तर्गत पनि कित्ताकाट बढेका छन् । मनमैजू र टोखा क्षेत्रमा पछिल्लो समय घरजग्गा कारोबार बढिरहेको स्थानीय वासिन्दा र व्यवसायीहरु बताउँछन् ।

यस्तो छ कारोबारको स्थिति ?

फागुन महिनामा देशभरका १२६ मालपोतबाट ३ अर्ब ५६ करोड ८० लाख राजस्व सङ्कलन भएको छ । माघमा ३ अर्ब ७७ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो । राजस्व सङ्कलन घटे पनि कित्ताकाट भने बढेको छ । 

फागुन महिनामा देशभर २७ हजार ३१ कित्ता जग्गा कित्ताकाट भएर ६० हजार ३६१ कित्ता कायम भएको छ ।

स्थानीय तहहरुले जग्गाको वर्गीकरण सकेर त्यसको विवरण भूमि व्यवस्थापन विभागमा पठाएपछि देशका १४२ स्थानीय तहमा कित्ताकाट फुकुवा भएको छ । कृषि र गैरकृषिका रुपमा भूमिको वर्गीकरण भएसँगै कित्ताकाट बढेको विभागले जनाएको छ ।

उपत्यकाका ३ जिल्लामा रहेका २१ वटै पालिकाले जग्गाको वर्गीकरण सकेकाले उपत्यकाभित्रसबैतिर कित्ताकाट समेत खुलिसकेको विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved