कित्ताकाट खुल्ला ? आइतबार निर्णय गर्ने तयारीमा भूमी व्यवस्था मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 03:28:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद्को वैशाख ५ गतेको बैठकले नै कित्ताकाट खुलाउने निर्णय गरेपनि अहिलेसम्म त्यो निर्णय कार्यान्वयन नभएपछि घरजग्गा व्यवसायीहरुले मंगलबार २ महत्वपूर्ण मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गरेका छन् । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र शहरी विकास मन्त्रीसँग मंगलबार घरजग्गा व्यवसायीहरुले कित्ताकाट तत्काल खुलाउन माग गर्दै मन्त्रिपरिषदको निर्णय किन कार्यान्वयन भएन भनेर जिज्ञासा राखेका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग सहरी विकासमन्त्री सीता गुरुङ र सचिव रविन्द्रानाथ श्रेष्ठले सहरी विकास मन्त्रालयले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कित्ताकाट खुला गर्ने सम्बन्धमा आफ्नो तर्फबाट रायसुझाव पेश गरिसकेको र अबको केही दिनमै यसबारे भूमी मन्त्रालयबाट निर्णय हुने आश्वासन व्यवसायीलाई दिएका छन् । 

त्यसो त, भूमी व्यवस्थामन्त्री रन्जिता श्रेष्ठ र भूमी व्यवस्था मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले पनि घरजग्गा व्यवसायीसँगको भेटमा आउँदो आइतबारसम्म मन्त्रिपरिषदको निर्णय अनुसार जग्गाको कित्ताकाट खुलाउने गरी थप विषयसमेत समेटेर मन्त्रालयले निर्णय गर्ने आश्वासन दिएका छन् । 

व्यवसायीहरु सँगको भेटमा कित्ताकाटसँग जोडिने २ वटै मन्त्रालयका मन्त्री र सचिवहरुले आन्तरिक काम सकेर कित्ताकाट खुलाउने निर्णय गर्ने चरणमा पुगेको जानकारी दिएको व्यवसायीहरुले बताएका छन् । सहरी विकास मन्त्रालयबाट राय सुझाव आइसकेको हुनाले भूमी व्यवस्था मन्त्रालयले आइतबार सम्ममा यसबारे निर्णय गर्ने जनाएको छ ।

सरकारले भू–उपयोग ऐन र नियमावली नल्याई २०७४ साउन २६ गतेदेखि जग्गाको कित्ताकाट रोकेको थियो । भू–उपयोग ऐन ल्याएपछि स्थानीय तहलाई कृषि र गैर कृषिमा जग्गाको वर्गीकरण गर्न भनिएको भएपनि अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । कित्ताकाटको समस्याका कारण अहिले घरजग्गा कारोबार थलिएको छ ।

मंगलबार भएको छलफलमा महासंघका अध्यक्ष भेषराज लोहनी, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्ष राजकुमार राई, उपाध्यक्ष ध्रुब घिमिरे, सचिव रामकुमार बके, कोषाध्यक्ष रोशन श्रेष्ठ लगायतका पदाधिकारीहरु सहभागी रहेका थिए । 

यो पनिः

घरजग्गा व्यवसायीको प्रश्न, ‘प्रधानमन्त्री ज्यू, कित्ताकाट खुलाउने निर्णय किन लुकाइयो ?’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved