
घरजग्गा कारोबारबाट २०८० भदौ महिनामा ३ अर्ब बढी राजस्व संकलन भएको छ । जग्गा कित्ताकाट र कारोबारबाट भदौमा ३ अर्ब ४ कारोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको भुमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार भदौमा जम्मा ८० हजार ३ सय १७ वटा कित्ताकाट भएको छ । त्यसैगरी, १ लाख २० हजार ३ सय ८१ वटा कारोबार भएको छ ।
सो महिनामा पूंजीगत लाभ करबाट मात्रै एक अर्ब ९ करोड २९ रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।