मधेश प्रदेशमा घरजग्गा कारोबार घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 01:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मधेश प्रदेशका जिल्लामा घरजग्गा रजिष्ट्रेशनमा उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले गरेको उक्त प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार समीक्षा वर्षमा मधेश प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा ७५.२७ प्रतिशतले ह्रास आई १ लाख १० हजार ८६७ पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो संख्यामा १७.११ प्रतिशतले वृद्धि भएको थियो ।

यसअवधिमा घर जग्गा रजिष्ट्रेशन राजस्व रकम २६.६ प्रतिशतले वृद्धि भई ४५ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको छ । गत वर्षको सोही अवधीमा यस्तो रकम ३३.२२ प्रतिशतले ह्रास आई .३६ अर्ब ७ करोड रुपैयाँ मात्रै संकलन भएको थियो ।

त्यस्तै यसअवधिमा नक्शा पासको संख्यामा समेत कमी आएको छ । अध्ययन प्रतिवेदन अनुसार नक्शा पास स्वीकृत संख्यामा १४.३० प्रतिशतले घटेर ३ हजार ६ सय ९२ रहन गएको छ । गत वर्षको सोही अवधीमा यस्तो संख्या ४ हजार १ सय ३ रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved