घरजग्गाको कारोबारबाट पौषमा ३ अर्ब २० करोड राजस्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 01:02:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पौष महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब बढी राजस्व संकलन भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट पौष महिनामा ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको हो । 

यो महिना घरजग्गाको १ लाख ३६ हजार ७७३ वटा कारोबार भएको छ । यो अवधिमा ५२ हजार २१० वटा कित्तालाई कित्ताकाट गरेर १ लाख १९ हजार २७६ वटा कित्ता बनाइएको छ । त्यसैगरी यो एक महिनामा ५३ हजार ७१४ वटा लिखित पारित भएको छ । 

यो महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोतमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर पहिलो नम्बरमा आएको छ । यो कार्यलयबाट यो महिना २५ करोड १५ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर र मालपोत कार्यालय चावहिलमा समान २१ करोड रुपैयाँ राजस्व संकल हुदाँ मालपोत कार्यालय कलंकीबाट १९ करोड राजस्व संकल भएको विभागको तथ्यांक रहेको छ । त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट १४ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ भने मालपोत कार्यालय काभ्रेपलान्चोक र मालपोत कार्यालय कास्कीबाट क्रमशः ११ करोड ९० लाख र ११ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

कुन महिना कति राजस्व संकलन ?

विभागका अनुसार चालु आवको ६ महिनामा मध्ये असोज महिनामा सबैभन्दा धेरै राजस्व संकलन भएको हो । असोजपछि दोस्रो धेरै राजस्व संकलन पौष महिनामा भएको छ । पौषमा ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन हुँदा मसिंर महिनामा २ अर्ब ८६ करोड ५० लाख रुपैयाँ संकलन भएको थियो । 

त्यसैगरी, साउन, भदौ, असोज र कार्तिक महिनामा क्रमशः २ अर्ब ९१ करोड ४ लाख, ३ अर्ब ४ करोड ६० लाख, ४ अर्ब ८ करोड ६६ लाख र २ अर्ब १६ करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved