
नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो वार्षिक महासभा सम्पन्न भएको छ । पोखरामा एक कार्यक्रम गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतथिमा महासभा सम्पन्न भएको हो ।
पोखराको विरौटा चोकबाट होटल ग्रान्डसम्म र्यालीसमेत निकालिएको छ । महासभामा महासघंको ३३ वटा जिल्ला संघ सदस्यहरु तथा देशभरका रियलस्टेट व्यवसायीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा नयाँ सदस्यलाई सदस्यतासमेत प्रदान गरिएको छ । नयाँ सदस्यता लिँदा यो भन्दा अगाडि ३ लाख रहेकोमा यस महासभामा विशेष छुट सहित १ लाखमै सदस्यता प्रदान गरिएको महासंघले जनाएको छ ।
महासंघले विगतमा गरेको कामहरूको समिक्षासहित आगामी रणनीति तय गर्न यो महासभाको आयोजना गरेको अध्यक्ष भेषराज लोहनी बताउँछन् ।
कार्यक्रममा विशिष्ठ अतिथिको रुममा उपस्थि रहेका पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले नेपालको पर्यटकीय स्थल पोखरामा यस कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै विदेशमा रहेको गैरआवासीय नेपालीहरुलाई पोखरामा घर बनाउनको लागि आग्रह गरेका छन् । अबको आवासीय हब पोखरालाई बनाउनु पर्ने मेयर आचार्यको भनाई छ ।
महासभाले १९ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । बहु(तले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने लगायतका घोषणापत्र छन् ।