काठमाडौँमा २७५ वटा अवैध प्लटिङ, कित्ताकाट रोक्न पत्राचार गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 03:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा जग्गाको अवैध प्लटिङ मौलाएको भेटिएको छ । प्लटिङ गर्दा पूरा गर्नुपर्ने आधारभूत मापदण्डसमेत पूरा नगरी काठमाडौँ उपत्यकामा गरिएका २७५ वटा प्लटिङ अवैध रहेको पाइएको हो । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ गरिएको जग्गाको कित्ताकाटमा रोक लगाउन सम्बन्धित स्थानीय तहमा पत्राचार गर्ने तयारी गरेको छ । प्राधिकरणबाट अनुमति लिएर प्लटिङ गर्दा कुल क्षेत्रफलको कम्तीमा ५ प्रतिशत क्षेत्र खुला छाड्नुपर्ने भएकाले व्यवसायीहरुले अनुमति नलिई प्लटिङ गर्ने र मिलेमतोमा स्थानीय तहबाट कित्ताकाट गराउने गरेको पाइएपछि अवैध प्लटिङको कित्ताकाटमा रोक लगाउने तयारी गरिएको उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले जानकारी दिइन् ।

उनका अनुसार प्राधिकरणले केही दिनमै काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकाभित्र सबै वडा कार्यालयलाई अवैध प्लटिङ कित्ताकाट सिफारिस नगर्न पत्राचार गर्ने छ । 

प्रमुख आयुक्त ढकालले उपत्यकाका सबै नगरपालिका, मालपोत कार्यालय र नापी कार्यालयलाई पत्राचार गरेर अवैध प्लटिङ रोक्न आग्रह गरिएको र अब वडा कार्यालयमै यस्तो पत्राचार गर्न लागिएको बताइन् । 

काठमााडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार ५ रोपनीसम्मको जग्गामा प्लटिङ गर्दा प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयबाट र ५ रोपनीदेखि ५० रोपनीसम्मको जमिनमा प्लटिङ गर्दा प्राधिकरणको व्यवस्थापन उपसमितिबाट अनुमति लिनुपर्छ।

५० रोपनीभन्दा बढी जग्गामा प्लटिङ गर्दा उपत्यका विकास प्राधिकरणबाट अनुमति लिनुपर्छ। 

प्राधिकरणका अनुसार भक्तपुरमा ९५, ललितपुरमा ९२ र काठमाडौंमा ९० वटा प्लटिङ अवैध भेटिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved