रियल स्टेट मार्केटिङ एजेन्ट तालिम सम्पन्न, ११ एजेन्ट प्रशिक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 07:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बृहत इनभेस्ट्मेन्ट्स (बि.आइ) ले आयोजना गरेको २०औं ब्याचको ‘रियल स्टेट मार्केटिङ एजेन्ट’ (रिमा) तालिम सम्पन्न भएको छ । बि.आइ. रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’ अन्तर्गतको कम्पनी हो ।

२०८० साल फागुन २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजित २०औँ ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका ११ जनाको सहभागिता थियो । उनीहरु रियल इस्टेट क्षेत्रमा कार्य गर्दै आएका, रियल इस्टेट लगानीकर्ताका साथै यस पेशामा लाग्न इच्छुक व्यक्तिहरु हुन् । 

तालिममा रियल इस्टेट करिअर बारे आधारभूत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानून र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निकल लगायतका विषयहरु समेटिएको थियो ।

तालिमका प्रशिक्षकहरुमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, रुद« प्रसाद पोखरेल, बृहत राजभण्डारी, पुष्प राज खनाल, सुजन श्रेष्ठ, रश्मी तुलाधर रहेका थिए ।

हाल विश्व्यापीरुपमा नै आर्थिक मन्दी छाएको अवस्थामा बृहत इन्स्ट्मेन्ट्ले संचालन गरेको यस तालिमले रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन केहि हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ भने नयाँ पिँढीलाई यस क्षेत्रमा भविष्यमा करियर बनाउने धेरै सम्भावनाहरु पनि देखाएको छ । यस रिमा तालिममा सहभागिहरुले रियल इस्टेटबारे आधारभूत ज्ञान लिनुका साथै यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शीरुपमा अघि बढाउने बताए ।

घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्वेश्यले कम्पनीले १५ वर्ष अघिदेखि यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म २५२ जना रिमा सर्टिफाइड जनशक्ति उत्पादन भइसकेका छन् । बृहत इन्भेस्ट्मेन्ट्स नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी हो । 

तालिम समापन समारोह नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि लोहनीले बृहत इन्भेस्टमेन्ट्सद्वारा कम्पनीसँग आवद्ध भएर रियल स्टेटको काम गर्न चाहने एजेण्टहरुका लागि कम्पनीको कुपण्डोलस्थित कार्यालयमा स्थापना गरिएको एउटा छुट्टै एजेन्सी कार्यालयको उद्घाटन समेत गरेका छन् । 

अध्यक्ष लोहनी र बृहत इन्भेस्टमेन्ट्स ग्रुपका अध्यक्ष डा. ओम राजभण्डारीले संयुक्त रुपमा तालिमका सहभागीहरुलाई रिमा प्रमाणपत्र वितरण गरेका छन् ।

मन्तब्यको क्रममा नेपाल रियलस्टेट अर्गनाइजेशनका सचिव हमिद खानले सो संस्था स्थापनाको उद्देश्य बारे प्रकाश पारेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघका बरिष्ठ कानुनी सल्लाहकार डा. गोकुल प्रसाद बुर्लाकोटीले तालिमका सहभागीहरुलाई बधाई दिंदै रियल इस्टेट एजेण्टले यस व्यवसायका विबिध पक्षहरुका साथै कानूनी तथा नैतिक पक्ष समेतलाई ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष भेषराज लोहनीले रियल इस्टेट ब्रोकर (एजेण्ट) तथा रियल इस्टेट व्यवसायीहरुलाई अनुमति प्रदान गरी नियमन गर्ने र ल्याण्ड पुलिङ्ग तथा हाउस पुलिङ्गका कार्यहरु निजी क्षेत्रलाई दिने सम्बन्धमा कानूनहरु निर्माण गर्नका लागि महासंघबाट पहल भइरहेको बताएका छन् ।

समापन मन्तव्यका क्रममा बृहत ग्रुपका अध्यक्ष तथा समापन कार्यक्रमका सभापति डा. ओम राजभण्डारीले डेभेलपर्सले आफ्नो उत्पादनलाई केन्द्रित गरी ग्राहकहरुलाई उत्प्रेरीत गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved