साउदीबाट पैसा पठाउँदा यादवले जिते १० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 08:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट पैसा पठाउँदा जागेश्वर भुस्कुलिया यादवले १० लाख उपहार जितेका छन्  ।  सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६” योजना अन्तर्गत उनले उपहार जितेका हुन् । 

कम्पनीले दसै, तिहार र छठ्लाई लक्षित गर्दै  उहाहर योजना ल्याएको थियो । असोज १ देखि मंसिर ३० गते सम्म चलेको योजनामा सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्नेहरु सहभागी भएका थिए । जस अनुसार साउदी अरबको अरब नेशनल बैंक – टेलिमनी बाट पैसा पठाएका यादव गोलाप्रथाबाट बिजेता घोषीत भएका हुन् ।  

कम्पनीका अनुसार उक्त योजनाको दैनिक उपहार अन्तर्गत ९०० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जनाले १० हजार र ३ जनाले १ लाख रुपयाँ नगद प्राप्त गरिसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved