इसेवा मनि ट्रान्सफरबाट पठाएको रकम कृषि विकास बैकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 02:20:59 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट पठाएको रकम कृषि विकास बैंकबाट भुक्तानी लिन सकिने भएको छ । मनि ट्रान्सफर र बैंकबीच भएको रेमिट्यान्स् भुक्तानी सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 

सम्झौता अनुसार अब मनि ट्रान्सफरमार्फत विदेशबाट नेपाल पठाएको रकम बैंकका नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ । सम्झौतामा बैकका उपमहाप्रवन्धक यज्ञ प्रकाश न्यौपाने र मनि ट्रान्सफरका कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका थिए ।

सम्झौता पश्चात् बैकका उपमहाप्रबन्धक न्यौपानेले बैंक र इसेवाबीच पहिले देखि नै विभिन्न माध्यमबाट सहकार्य भईरहेकोमा अब रेमिट्यान्स् कारोबार मार्फत पनि सहकार्य अगाडी बढ्न लागेकोमा खुसि लागेको बताए । उनले विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडी बढाएकोमा इसेवा मनिट्रान्सफर र बैकको डिजिटल बैकिङ्ग विभागका टिमलाई धन्यावाद दिए ।

सम्झौता कार्यक्रममा ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताए । 

कार्यक्रममा बैक डिजिटल बैकिड विभागका विभागीय प्रमुख बाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको बताए । त्यसै क्रममा इसेवा मनिट्रान्सफरसंग विष्रेषण सम्मmौता भएको पनि उनले बताए । कायक्रममा बैक डिजिटल बैकिङ्ग विभागका कृष्णप्रसाद नेपाल, शान्ति प्रसाद रिजाल र इसेवामनि ट्रान्सफरका अविनास थापा लगायतको उपस्थिति  थियो ।

इसेवा मनि ट्रान्सफबाट पठाएको रकम कृषि विकास बैकबाट झिक्न सकिने 
इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट पठाएको रकम कृषि विकास बैंकबाट भुक्तनी लिन सकिने भएको छ । मनि ट्रान्सफर र बैंकबीच भएको रेमिट्यान्स् भुक्तानी सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 
सम्झौता अनुसार अब मनि ट्रान्सफर मार्पmत विदेशबाट नेपाल पठाएको रकम बैंकका नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ । सम्मmौतापत्रमा बैकका उपमहाप्रवन्धक यज्ञ प्रकाश न्यौपाने र मनि ट्रान्सफरका कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका थिए ।
सम्झौता पश्चात् बैकका उपमहाप्रबन्धक न्यौपानेले बैंक र इसेवाबीच पहिले देखि नै विभिन्न माध्यमबाट सहकार्य भईरहेकोमा अब रेमिट्यान्स् कारोबार मार्फत पनि सहकार्य अगाडी बढ्न लागेकोमा खुसि लागेको बताए । उनले विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडी बढाएकोमा इसेवा मनिट्रान्सफर र बैकको डिजिटल बैकिङ्ग विभागका टिमलाई धन्यावाद दिए ।
सम्झौता कार्यक्रममा ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताए । 
कार्यक्रममा बैक डिजिटल बैकिड विभागका विभागीय प्रमुख बाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको बताए । त्यसै क्रममा इसेवा मनिट्रान्सफरसंग विष्रेषण सम्मmौता भएको पनि उनले बताए । कायक्रममा बैक डिजिटल बैकिङ्ग विभागका कृष्णप्रसाद नेपाल, शान्ति प्रसाद रिजाल र इसेवामनि ट्रान्सफरका अविनास थापा लगायतको उपस्थिति  थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved