वेस्टर्न युनियन मनी ट्रान्सफरद्वारा विजेता ग्राहकलाई १० लाख हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 11:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियन मनी ट्रान्सफरले 'दशैं तिहारको सौगात' अन्तर्गतका विजेतालाई पुरस्कार वितरण गरेको छ। उक्त कार्यक्रम अन्तर्गत लक्की ड्र बाट बिजेता बनेकी कल्पना शाहीलाई संस्थाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। 

सी.जी. फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई सी.जी. फिन्कोका डी.जी.एम. नर बहादुर के.सी.ले सी.जी. फिन्कोकोे ग्राहक सेवा केन्द्र कमलादीमा १० लाख हस्तान्तरण गरेका हुन्। उक्त रकम प्राप्त गरेकी विजेता कल्पना शाहीले सो रकम उत्पादन मूलक क्षेत्रमा लगानी गरी जिवन भर वेस्टर्न युनियन मनि ट्रान्सफरलाई सम्झिरहने बताएकी छिन । 

यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा अक्टुबरमा सार्वजनिक गरिएको थियो । उक्त योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५००० जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु बम्बर लक्की ड्र मा समावेश गरिएको थियो ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्णा ट्राभल एण्ड टुर्स् प्रा.लि., सी.जी. फिन्को लि., हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्ने थियो। 

“म यो उपभोक्ता प्रबद्र्धनका सम्पूर्ण विजेताहरुलाई बधाई दिन चाहन्छु । म सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राख्दछन् । यहि विश्वासले हामी र हाम्रा एजेन्टहरुलाई विभिन्न ग्राहकहरुको आवश्यकतालाई अनुरुप निरन्तर सेवा प्रदान गर्न प्रत्सोहान गर्दछ वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भने। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved