स्माइल मोवाइल रेमिटेन्स एपमार्फत जापानबाट नेपाल पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 01:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited र डिजिटल वालेट बीच जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन रेमिट्रान्स कारोबार गर्ने सम्झौता भएको छ ।

यस सम्झौता पछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेट को स्माइल मोवाइल रेमिट्रान्स (Smile Mobile Remittance) एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । 

यस मोवाइल एप गुगल प्लेस्टोर र एपस्टोर बाट डाउनलोड  गरी आफ्नो मोवाइलमा इस्टल गर्न सकिन्छ । यस एप मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । 

साथै यस एप मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिट्रान्स सेवा पृथ्वी रेमिट्रका  सबै भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved