बढ्यो नेपाल आउने रेमिटेन्स, ५ महिनामा ४८० अर्ब भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 01:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भित्रिने रेमिटेन्स बढेको छ। चालु आर्थिक वर्ष ७८/७९ को ५ महिनाको अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भई रु.४८०  अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । 

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved