इसेवा मनि ट्रान्सफरले मनायो तेस्रो वार्षिकोत्सव रेमिट्यानसलाई डिजिटलाइजेसनमा लैजाने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2023 | 12:31:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एफवान सफ्ट ग्रुप अन्तर्गत संचालित डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ। हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको कम्पनिले जनाएको । 

डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ ।

इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका कम्पनिले जनाएको छ

कम्पनीका अनुसार आफ्ना एजेण्ट वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ । कम्पनीका मुलुकभर १२,००० भन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन् जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिने कम्पनिले जनाएको  ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेस कोइरालाले ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा आफु एकदमै खुशी र उत्साहित भएको बताएका छन्। यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभ चिन्तक हरुलाई दिन चाहेको उनले बताए। 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved