आन्तरिक रेमिट्यान्स खुलाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 04:01:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स खुला गर्ने भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स खुला गर्ने जनाएको हो । 

हुण्डि मौलाएको भन्दै केही महिनादेखि बन्द गरिएको आन्तरिक रेमिट्यान्स खुला गर्न लागिएको गर्भनर महाप्रसाद अधिकारीले जानकारी गराएका छन् । मौद्रिक नीतिको समीक्षा पछिको पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले अहिले यति नै रकम पठाउन मिल्ने भनेर नतोकिएपनि अब केही दिनमै तोकिने बताए ।

‘अहिले स्टडी भइरहेको छ, यति नै रकम भनेर नलेख्नुको कारण पनि स्टडी भइरहेर हो’ गर्भनर अधिकारीले भने, ‘१०-१५ हजारको फिगरमा खुल्छ भन्ने लाग्छ । त्यति धेरै खुल्छ भन्ने होइन ।’

उनले यसका लागि राष्ट्र बैंकमा एजेन्सीहरुको ‘कन्सर्न’ आइरहेको पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved