नागरिक लगानी कोषले माग्यो हकप्रद निष्काशनको अनुमति

नागरिक लगानी कोषले माग्यो हकप्रद निष्काशनको अनुमति
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 02:01:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष  Citizen Investment Trust  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हिजो सोमबार हकप्रद निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कोषले  १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट २२ प्रतिशत बोनस बितरणको प्रस्ताव पारित गरेको छ। बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड पुग्ने छ । त्यस्तै हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved