गोंगबुमा बाजेको सेकुवाको नयाँ शाखा संचालनमा, उपत्यकामा चौथो फ्रान्चाईज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2016 | 09:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजेको सेकुवाले काठमाडौंको गोंगबुमा छैठौं फ्रान्चाईजको रुपमा गोगंबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बाजेको सेकुवामा बिगत १२ बर्ष देखि काम गर्दै आएका २ युवाले बाजेकै सेकुवाको फ्रान्चाइज खोलेका हुन। 

नयाँ शाखा बाजेको सेकुवाको बोर्ड मेम्बर तथा पर्चेज म्यानेजर नितेशध्वज कार्की र सोह्रखुट्टे  फ्रान्चाइजका म्यानेजर प्रशान्त गिरी मिलेर संचालनमा ल्याएका हुन। बाजेको सेकुवाले राजधानीमा चौथो फ्रान्चाइजको रुपमा गोंगबुमा संचालनमा ल्याएको हो। 

नयाँ फ्रान्चाइज खोल्नका लागि ७० लाख रुपैयाँ लागेको बाजेको सेकुवाको बोर्ड मेम्बर तथा पर्चेज म्यानेजर नितेशध्वज कार्कीले जानकारी दिएका छन। 

फ्रान्चाइज खोल्नका लागि पहिला आफूहरुले आफ्नै कर्मचारीलाई प्राथमिकता दिने नीति अनुरुप बिगत लामो समय देखि अनुभब बटुलेका कार्की र गिरीले नयाँ फ्रान्चाइज खोलेको बाजेको भेन्चरका कार्यकारी अध्यक्ष चेतन भण्डारीले बताएका छन। 

गोगंबुमा संचालनमा आएको नयाँ फ्रान्चाइजमा गार्डेन पार्टी गर्नका लागि खाली १ सय ८० जना बस्न मिल्ने क्षमताको खाली ठाउँ छ। पार्किङको सुविधा रहेको र पारिवारिक जमघट तथा मिटिङहरुका लागि पनि हल बनाइएको कार्यकारी निर्देशक शुशील खड्काले बताए।   

 
देशभर बाजेको सेकुवाको १० वटा शाखाहरु संचालनमा छन। पोखरा र चितवनमा पनि बाजेको सेकुवाको शाखा छ। बाजेको सेकुवामा अहिले ४ सय भन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् भने नयाँ संचालनमा आएको गोंगबुमा शाखामा १५ जना कर्मचारी छन् ।
 
उनीहरुलाई ५० घन्टादेखि १ सय घन्टा तालिम दिएर त्यहाँ जागिरको व्यवस्था मिलाइएको हो । बाजेका भेन्चरका कार्यकारी निर्देशक खड्काले बाजेको सेकुवामा आएर अर्डर गरेको ५ मिनेटभित्रमा नै सेकुवा तयार हुने बताए। बाजेको सेकुवाले आफ्नो पहिलो फ्रान्चाइज पोखराको नागढुङ्गामा २०७१ सालमा खोलेको थियो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved