सुनचाँदी व्यवसायीको महाधिवेशन स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2016 | 11:35:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन यही भदौ २४ गते हुने भनिएकोमा प्राविधिक कारणले स्थगित गरिएको छ ।

केही जिल्लामा अधिवेशन गरी प्रतिनिधि छनोट गर्ने काम बाँकी रहेकाले निर्धारित समयमा कार्यक्रम नभई स्थगन हुन पुगेको हो । करिब ५० जिल्लामा सञ्जाल रहेको महासङ्घको महाधिवेशन आउँदो कात्तिक २६ र २७ गते काठमाडौँमा हुने गरी निर्णयसमेत गरिएको महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए।

केही जिल्लामा प्रतिनिधि छनोट गर्दा गैरव्यवसायी समेत छानिएकाले पनि विवाद बढेको छ । नयाँ नेतृत्वसमेत छनोट गरिने भएकाले प्रतिनिधि छनोटमा धाँधलीसमेत भएको व्यवसायी बताउँछन् । महाधिवेशनका लागि छानिएका गैरव्यवसायीको असोजसम्ममा छानबिन गरिने उनले बताए ।

देशभरका सुनचाँदी व्यवसायीको हकहित तथा अधिकार संरक्षणका लागि क्रियाशील महासङ्घको अधिवेशनमा देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी हुनेछन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved