यस्तो छ सिद्दार्थ, जनता र एभरेष्ट बैंकको खुद मुनाफा विवरण (हेर्नुस कसको कति)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:19:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख २३। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा खुद मुनाफामा सामान्य सुधार गरेको छ। बैंकले यो अवधिमा १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको यस अवधिसंगको तुलनामा मात्र १ करोड रुपैयाँले बढी हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ। जुन गत बर्षको यस अवधिसंगको तुलनामा ८ करोड रूपैयाँले बढी हो। तेस्रो त्रैमासिकसम्मको अवधिमा खासै सुधार गर्न नसकेको बैंकले नगन्य संचालन मुनाफा गरेको छ । गत बर्षको यस अवधिमा १ अर्ब ८४ करोड संचान मुनाफा गरेको बैंकले यस अवधीमा मात्र १ अर्ब ८४ करोड संचालन मुनाफा गारेको छ।

बैंकले यस अवधिमा ७९ अर्ब ८१ करोड निक्षेप संकलन गरेको छ। गत बर्ष यस अवधिमा बैंकले ७१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। बैंकले यस अवधिमा ५९ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल २ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुंजी रहेको बैंकको जगेडा कोषको रकम ५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। बैंकको यस अवधिमा खराब कर्जा अनुपात ०।६३ प्रतिशत रहेको छ।

जनता बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो ९ महिनामा २२ करोड ६६ लाख खुद मुनाफा गरेको छ। गत बर्ष यस अवधिमा बैंकले १३ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

गत बर्षको यस अवधिमा ४७ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा ५३ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै बैंकले गत आर्थिक वर्षको यसअवधिमा ५८ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले यस अवधिमा ६९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

बैंकले यस अवधिमा २२ अर्ब ८९ करोड निक्षेप संकलन गरेको छ भने १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले यस अवधिमा ५ करोड २८ लाख रुपैयाँ बराबर खराब कर्जा उठाउन सफल भएको छ। बैंकको खराब कर्जा अनुपात १.०९ प्रतिशत रहेकोमा यो अनुपात बढेर १.२३ प्रतिशत पुगेको छ ।

siddartha-bank

सिद्दार्थ बैंकले लिमिटेडले चालु आर्थिक बर्षको पहिलो ९ महिनामा ७८ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको यस अवधिसंगको २४ करोड रुपैयाँले बढी हो । गत वर्ष यस अवधिमा बैंकले ५४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले यस अवधिमा ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानि बढाएको छ। गत बर्षको यस अवधिमा १ अर्ब १ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा भने ११ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत बर्ष यस अवधिमा २ करोड ६३ लाख रुपैयाँ संचालन मुनाफा रहेकोमा यस अवधिमा १३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै बैंकले यस अवधिमा ११ अर्ब रुपैयाँ निक्षेप बढाएको छ। बैंकल यस अवधिमा ५३ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४४ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा अनुपात २।३० प्रतिशतबाट घटेर १।१६ प्रतिशतमा झरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved